संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो

संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो

आज थप ९१७ जनाले जिते कोरोना

बुटवल-नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

बिहीबार थप १२ सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज ३९४ महिला र ८३४ पुरुष गरी थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १३ हजार ४१३ जनाको परीक्षणमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २४ हजार २०७ पुगेको छ । कूल संक्रमितमध्ये ५६ प्रतिशतले काेराेना जितेका हुन् । बिहीबार थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij