काठमाण्डौ; क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजाविहीन सकिएको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित गरेपछि खेल नतिजाविहीन सकिएको हो । खेल नतिजाविहीन भएपछि दुवै टिमले एकरएक अंक पाएका छन्।
खेल रोकिनुअघि प्याट्रियट्सले ५ ओभर ४ बलमा विना विकेटको क्षतिमा ४६ रन बनाएको थियो । जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ भने प्याट्रियट्स ९ खेलमा ३ अंकका साथ तालिकाको पुछारमा छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्