काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर एक हजार ४१ जना कोरोना भाइरसका थप नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले यसबारेमा जानकारी दिएका हुन्। उनले शनिबार भएको नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो जानकारी दिएका हुन्। यससँगै हालसम्म नेपालमा संक्रमित हुनेहरूको कुल संख्या ४५ हजार २७७ पुगेको छ। त्यस्तै, आज निको भएर घर फर्कनेहरूको संख्या १५ सय ६६ छ भने हालसम्म निको हुनेहरूको संख्या २७ हजार १२७ छ। पछिल्लो २४ घण्टामा १२ हजार ४७३ को पिसिआर परीक्षण गरिएको छ। यो हप्ताको मंगलबारदेखिको मात्र संक्रमितको संख्या हेर्दा मंगलबार देशभर थप एक हजार ६९ जनामा कोरोना संक्रमण देखिएको थियो भने बुधबार ११ सय २० जना संक्रमित थपिएका थिए। त्यस्तै, बिहीबार १२ सय २८ जना र शुक्रबार १३ सय ५४ जना संक्रमित थपिएका थिए।
प्रकाशित मिति : शनिबार, भाद्र २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्