विश्व एड्स दिवसमा कन्सर्टसहित विविध कार्यक्रम

विश्व एड्स दिवसमा कन्सर्टसहित विविध कार्यक्रम

बुटवल । ३१ औं विश्व एड्स दिवस विभिन्न कायक्रम गरेर मनाइएको छ । हरेक वर्षको डिसेम्वर १ तारिखलाई विश्व एड्स दिवसका रुपमा मनाउंदै आइएको छ ।
यसवर्ष ‘एचआईभी परिक्षण गराऔं, आफ्नो अवस्था थाहाँ पाउ’ भन्ने नाराका साथमा दिवस मनाइयो ।

दिवसकै सन्दर्भमा रुपन्देहीमा पनि विभिन्न कार्यक्रम भएका छन् । रुपन्देहीमा आस्था समुह बुटवल, स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ५ र एड्स हेल्थ केयर फाउण्डेशन नेपालको संयुक्त आयोजनामा बुटवलमा जनचेतनामुलक कार्यक्रम भएको हो ।

शनिबार बिहान नौ बजेदेखि ट्राफिकचोकमा निःशुल्क एचआईभी परिक्षण, दिउंसो दुई बजे जिल्लास्थित विभिन्न संघसंस्थाको सहभागितामा राजमार्ग चौराहादेखि ट्राफिकचोकसम्म जनचेतनामुलक ¥याली, दिउँसो ट्राफिक चोकमा औपचारिक कार्यक्रम सम्पन्न भएको आस्था समुहका अध्यक्ष केशव पुन मगरले बताए ।

दिउसो ४ बजेदेखि जनचेतनामुलक नाटक र नृत्य अनि ६ बजेपछि विभिन्न ब्याण्डको साँस्कृतिक कार्यक्रम सम्पन्न भएको पुनले जानकारी दिए ।
उक्त कार्यक्रममा स्थानीय विभिन्न सांगितिक ब्याण्डका कलाकारहरुसँगै निल हिरा समाजका कलाकारहरुले आ–आफ्नो प्रस्तुति देखाएका थिए ।

आस्था समूहले सांगीतिक कार्यक्रममार्फत एचआभईभी संक्रमणबाट कसरी बच्ने भन्ने सम्बन्धमा जनचेतना जगाउन सन् २०१५ देखि लगातार सांगगीतिक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा एचआईभीको जोखिमबाट कसरी जोगिने र जोगिन के गर्ने भन्ने बारेमा सांस्कृतिक कार्यक्रम गरिएको र त्यसले राम्रो प्रभाव पारेको एड्स हेल्थ केयर फाउण्डेशन नेपाल बुटवलका प्रमुख धर्मराज भट्टराईले जानकारी दिए । सो अवसरमा ५ हजारले अवलोकन गरेका थिए ।


एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट मात्र नभई रगत लिंदा दिंदा र अनय कारणले पनि सर्न सक्ने भएकाले यसको परीक्षण गर्दा लाज शरम मान्न नहुने आस्था समूहका अध्यक्ष केशव पुनको सुझाव छ ।

तथ्यांक अनुसार नेपालमा ३१ हजार २० जना र रुपन्देहीमा २२ सय जना एचआईभी संक्रमित रहेका छन् । विश्वमा ३ करोड ६९ लाख जनसंख्या एचआईभीको संक्रमणमा रहेको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij