विश्वमा २ करोडले जिते कोरोना

विश्वमा २ करोडले जिते कोरोना

बुटवल -विश्वमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये दुई करोड बढी सफल उपचारपछि डिस्चार्ज भएका छन् ।

बिहीबार बिहानसम्ममा दुई करोड ८२ हजार ४० जना कोरोना जित्दै घर फर्कन सफल भएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ७० हजार ९४ जना नयाँ बिरामी थपिएपछि कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख ९८ हजार तीन सय ९४ पुगेको छ ।

संक्रमितमध्ये ७० लाख नौ हजार दुई सय ९९ जना उपचाररत छन् । उनीहरुमध्ये ६० हजार पाँच सय ८५ जनाको अवस्था गम्भीर छ । विश्वमा हालसम्म नौ लाख सात हजार ५५ जना संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन पाँच हजार नौ सय ७८ जना संक्रमितले ज्यान गुमाए ।

अमेरिकामा हालसम्म ६५ लाख ४८ हजार तीन सय ३२ संक्रमितमध्ये ३८ लाख ४० हजार ८२ जनाले सफल उपचारपछि कोरोना जितेका छन् । २५ लाख १३ हजार ६६ जना संक्रमित उपचाररत छन् । उपचाररतमध्ये १४ हजार पाँच सय ३८ जनाको अवस्था चिन्ताजनक छ ।

हालसम्म अमेरिकामा एक लाख ९५ हजार एक सय ८४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार एक सय ५४ जनाले ज्यान गुमाए ।

भारतमा हालसम्म ३४ लाख ६६ हजार आठ सय १९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । जम्मा ४४ लाख ६२ हजार नै सय ६५ संक्रमितमध्ये नौ लाख २१ हजार ५५ जना उपचाररत छन् । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन ९५ हजार पाँच सय २९ जना संक्रमित थपिए । अहिलेसम्म ७५ हजार ९१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै एक हजार एक सय ६८ जनाको मृत्यु भयो ।

ब्राजिलमा हालसम्म ३४ लाख ५३ हजार तीन सय ३६ जना कोरोना जित्न सफल भएका छन् । जम्मा ४१ लाख ९९ हजार तीन सय ३२ संक्रमितमध्ये छ लाख १७ हजार तीन सय ४३ जना उपचार गराइरहेका छन् । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

हालसम्म ब्राजिलमा एक लाख १८ हजार छ सय ५३ जना संक्रमितको मृत्यु भइसकेको छ । एक हजार एक सय ३६ जनाले एकै दिनमा ज्यान गुमाए ।

प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij