नवलपुरका ३३ सहित गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमण

नवलपुरका ३३ सहित गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमण

कास्की -नवलपुरका ३३ सहित गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ९ : ५० बजे, १० : ४५ बजे र ११ बजे जारी गरेको छुट्टा छुट्टै विज्ञप्तिमा गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ७ सय ९५ पुगेको छ ।

संक्रमितमध्ये नवलपुरका ३३ जना, कास्कीका १२ जना, तनहुँका ११ जना, लमजुङका ५ जना, स्याङजाका र पर्वतका २÷२ जना रहेका छन् ।

तनहुँका ५ जना संक्रमित प्रहरी हुन् भने अन्य सबै कन्ट्याक ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।

पोखरा स्थित क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षमा उनीहरुमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij