ब्युनस आयर्स, अर्जेन्टिना : भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको घोषणा जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा घोषणा गरेका हुन् । खासगरी उक्त सम्मेलनका लागि भारतको पालो सन् २०२१ मा पर्ने भएपनि एक बर्षपछि आफ्नो ७५औँ स्वतन्त्रता दिवस परेकोले उक्त निर्णय लिएको हो ।
भारतको पालोमा इटालीले सम्मेलन गर्न सहमति जनाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीप्रति कृतज्ञता जनाएका छन् ।
प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर एकाउन्टमा उल्लेख गरेका छन्, “सन् २०२२ मा भारतको ७५ औँ स्वतन्त्रता दिवस परेकोले इटालीलाई सन् २०२२ को सट्टा सन् २०२१ मा जी–ट्वान्टी सम्मेलनको आयोजना गर्न अनुरोध गरिएको र इटाली लगायत सदस्य राष्ट्रहरूले भारतको आग्रहलाई स्वीकार गरेका छन् । यसका लागि भारत आभार प्रकट गर्दै सबै विश्व नेतालाई सन् २०२२ मा भारत आउन निमन्त्रणा दिन चाहन्छु ।”
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले पनि ट्वीटरमार्फत भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने भएको पुष्टि गरे ।
जी–ट्वान्टी सम्मेलन विश्वका उदाउँदा अर्थतन्त्रलाई एक ठाउँमा जम्मा गर्ने अन्तर्राष्ट्रिय फोरम हो । जी–ट्वान्टीका सदस्य राष्ट्रहरूसँग विश्वको ८५ प्रतिशत अर्थतन्त्र रहेको छ भने विश्वको दुई तिहाइ जनसङ्ख्या रहेको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्