कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु

कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु

बुटवल-रुपन्देहीमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेकी ६४ बर्षिया महिलाको सोमबार मध्यान्ह २ः३५ बजे मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालको फिभर क्लिनिकमा आएर पीसीआर जाँच गराएकी उनमा ज्वरो, स्वासप्रश्वासको समस्या देखिएको थियो। उनी अस्पताल आउँदा  नै अवस्था गम्भिर रहेकोमा परीक्षणको रिपोर्ट र उपचारको ब्यवस्थापन गर्दा गर्दै बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई अस्पतालमा भर्ना गरेर उपचार थालिएकोमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनको रिपोर्ट पोजेटिभ आएको थियो।

प्रकाशित मिति : सोमबार, भाद्र २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij