JanataToday.com

Advertisment

SKIP THIS

४८ रुपैंया प्रतिकिलोमा खरिद गरेको प्याज १२० रुपैंया बिक्रि गरेको पाएपछि बजार अनुगमन गरियो ।

४८ रुपैंया प्रतिकिलोमा खरिद गरेको प्याज १२० रुपैंया बिक्रि गरेको पाएपछि बजार अनुगमन गरियो ।

बुटवल -बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।उपभोक्तालाई ठगी गर्ने बुटवलका चार किराना पसल सिल गरिएको छ । बाणिज्य कार्यालय भैरहवाको नेतृतवमा अनुगमनमा गएको टोलीले खरिद मुल्यभन्दा तीन गुणासम्म बढीमा सामान बेचेको पाईएपछि ती पसललाई सिल गरिएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले बताउनु भयो ।
उहाँका अनुसार बुटवल उपमहानगरपालिका वडा नं। ६ कान्तिपथको गोपीकृष्ण किसाना पसल, संगम पथको लाला किराना पसल र सब्जीमण्डीमा रहेका ईधान स्टोर सिल गरिएको हो । सिल गरिएका पसलका सञ्चालकलाई नगरपालिकामा बोलाईएको र कानुन अनुसार कारवाही हुने उपप्रमुख आचार्यले जानकारी दिनुभयो ।

Image may contain: one or more people, food and indoor
त्यस्तैगरी सब्जीमण्डीमै रहेको आशिस आलु प्याज भण्डारमा स्टोर गरि राखिएको प्याज खरिद मुल्य अनुसार नै उपभोक्तालाई लाईनमा लगाएर बिक्रि गरिएको छ । बाणिज्य कार्यालय भैरहवाका प्रमुख उमेशकुमार शर्माको नेतृत्वमा गएको अनुगमन टोलीमा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख आचार्य, बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, उपभोक्ता हित संरक्षण मञ्चका तेजकुमार पाठक लगायत सहभागि हुनुहुन्थ्यो ।Image may contain: one or more people, people standing and food

बिशेष गरेर भारतबाट आउन बन्द भएपछि व्यापारीले स्टक राखेको प्याजको मुल्य आकासिएको उपभोक्ताको गुनासो आउन थालेपछि त्यसलाई नियन्त्रण गर्नकालागि बजार अनुगमन गरिएको र अनुगमनको क्रममा प्याजको खरिद दरभन्दा तीन गुणासम्म बढी मुल्यमा बिक्रि वितरण गरेको पाईएपछि अनुगमन टोलीले ती पसलमा सिल गरेको उपभोक्ता हित संरक्षण मञ्चका तेजकुमार पाठकले बताउनु भयो
अनुगमन टोलीले ४८ रुपैंया प्रतिकिलोमा खरिद गरेको प्याज प्रतिकिलो १२० रुपैंया सम्ममा बिक्रि वितरण गरेको पाईएको पनि उहाँले बताउनु भयो । ऐन अनुसार २० प्रतिशत भन्दा बढी मुनाफा राखेर बिक्रि वितरण गर्न पाईँदैन ।

Image may contain: 1 person, sitting and standing

 

प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij