काठमाण्डौ
राष्ट्रिय सभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बिहीबार मनोनित हुनुभएका गौतमले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो ।
सपथ ग्रहणपछि गौतमले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बाहेक आफ्नो अरु कुनै लक्ष्य नरहेको बताउनुभयो । उहाँले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने समेत बताउनुभयो । पार्टीले देशमा समाजवादको सङ्कल्प पूरा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय सभामा आफूले त्यही भूमिका निर्वाह गर्ने बताउनुभयो फागुनदेखि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा मनोनयनका लागि गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बर्दियामा पराजित हुनुभएको थियो ।
प्रकाशित मिति : बिहिबार, असोज १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्