बुटवल ।
बुटवल उपमहानगरपालिकामा शुक्रबार एकै दिन ४२ जना नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
यससँगै बुटवलमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ८६ पुगेको छ ।
पछिल्लो २४ घण्टा भित्रमा बुटवलको वडा नं ९, ११ र १३ मा ५/५ जना, वडा नं ३,४ र १२ मा ४/४ जना, वडा नं ८ मा ३ जना, वडा नं १, ६ र ७ मा २/२ जना, वडा नं २ मा १ जना तथा वडा नं नखुलेका ५ जना गरी ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बुटवल उपमहानगर स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, असोज २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्