पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पा
पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं १४ अर्गली बस्ने ४२ वर्षीया महिला रहेकी छन ।

उनको पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

यससँगै पाल्पा जिल्लामा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

भदौ ३० गते अस्पताल भर्ना भएकी उनमा कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालको प्री–आइसोलेनमा राखेर उपचार गरिएको र उपचारकै क्रममा शुक्रबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पताल भर्ना भएलगत्तै स्वाब संकलन गरेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक प्रयोगशालामा पठाएकोमा शुक्रबार बेलुकी उनको कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी पन्थीले जानकारी बताए ।

उनको शुक्रबार राति करिब १२ बजे मृत्यु भएको भएको हो ।

निमोनियाले ग्रसित ती महिला ३० गते स्वाब दिएपछि भने घर फर्किएको र व्यथाले थप च्यापेपछि शुक्रबार बिहान पुनः उपचारको लागि अस्पताल पुगेको बताइएको छ ।

यसअघि पूर्वखोला गाउँपालिका १ सिलुवा का ४५ वर्षीय पुरूष, तानसेन नगरपालिका ८ पिपलडाँडाकी ३० वर्षीया महिला, तानसेन नगरपालिका ७ टिन्टीआँपका ५२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति : शनिबार, असोज ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij