डा. केसीका माग सम्बोधन गर्न कांग्रेसको आग्रह

डा. केसीका माग सम्बोधन गर्न कांग्रेसको आग्रह

काठमाडाैं- नेपाली कांग्रेसले डा.गोविन्द केसीका जायज माग सम्बोधन गर्न आग्रह गरेकाे छ ।

कांग्रेसको संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवम् परिवर्तनका लागि जुम्लामा अनसन बसेका डा. केसीका माग हालसम्म सरकारले सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार एक विज्ञप्तिमार्फत अनसनका कारण उनको दिन प्रतिदिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उनको मागलाई वेवस्ता गर्नु दुःखद भएको उल्लेख गरेका छन् ।

कांग्रेस संसदीय दलले सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रूपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गरिएको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएको छ । रासस

प्रकाशित मिति : आइतबार, असोज ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij