आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेस ले केन्द्रीय समितीकाे बैठक बाेलायाे

आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेस ले केन्द्रीय समितीकाे बैठक बाेलायाे

काठमाडौं ।
नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न असोज १९ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । कोभिड–१९ को महामारीका कारण बैठक अगाडि काँग्रेसले पदाधिकारी, सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण पनि गर्ने भएको छ ।
त्यसका लागि असोज १५ गते बिहान ११ बजेबाट ३ बजेसम्म सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरुलाई अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।
कोरोना महामारीले फागुन ७ देखि १० का लागि निर्धारित १४ औं महाधिवेशन अन्योल बनेपछि काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । कोरोना महामारीका बीच वर्तमान कार्यविधिभित्र रहेर निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएपछि बैठक छलफलबाट निकास खोजिने भएको छ ।

काँग्रेसमा पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका कार्यसूचीमै कोरोनाको चुनौती खडा भएको छ । कोरोनाका कारण विभिन्न जिल्लाबाट निर्धारित कार्यसूचीअनुसार काम हुन नसकेको जानकारी यसअघि नै पार्टीको केन्द्रीय कार्यालयमा आइपुगेको छ । असोजको पहिलो सासासम्म पनि केही जिल्लामा पार्टी संयोजन, क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सम्पन्न हुन सकेको छैन ।
कोरोना संक्रमण बढ्दै गएका कारण अझै केही साता त्यस प्रकारका राजनीतिक गतिविधि अघि बढाउन सम्भव नहुने र कात्तिक एवं मंसिरको पहिलो सातासम्म दशैं–तिहार र छठ जस्ता चाडपर्व पर्ने भएकाले निर्धारित कार्यसूचीअनुसार फागुनमा महाधिवेशन हुन नसक्ने देखिएको हो । बैठकले उक्त कुरालाई ध्यानमा राखेर नयाँ विकल्प अगाडि सार्ने बुझिएको छ ।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij