गुल्मी घटनाप्रति कांग्रेस प्रदेश संसदीय दलद्धारा घटनाका दोषीलाई तत्काल कारबाहीको माग

गुल्मी घटनाप्रति कांग्रेस प्रदेश संसदीय दलद्धारा घटनाका दोषीलाई तत्काल कारबाहीको माग

बुटवल।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा ज्ञापन पत्र बुझाउन जाने क्रममा भएको प्रहरी दमनको नेपाली काँग्रेस प्रदेश संसदीय दलले निन्दा गरेको छ ।
गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई तत्काल कार्वाही गर्न पनि नेपाली कांग्रेस संसदीय दल प्रदेश नं.५ ले सरकार समक्ष माग गरेको छ ।
नेपाली कांग्रेस संसदीय दल प्रदेश नं५ का नेता वीरेन्द्र कुमार कानोडियाले आज एक प्रेस विज्ञप्ति जारी गरी घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई तत्काल कार्वाही गर्न माग गर्नुभएको हो।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्ने क्रममा गरिएको प्रहरी प्रशासनको व्यवहारलाई नेपाली कांग्रेस संसदीय दल प्रदेश नं ५ ले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा जनाइएको छ ।
कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको रार्याली माथि गरिएको दमनमा नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ र नेपाली काँग्रेस गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश क का प्रदेश सभापति पूर्ण के।सी। लगाएत नेता कार्यकर्ता घाईते भएको जनाउदै विज्ञप्तिमा प्रहरी दमनमा परी घाईते भएका नेता कार्यकर्ताको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
हिजो नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले जिल्ला प्रशासन कार्यालयमा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रहरीले लाठी चार्ज गर्दा गुल्मीका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ र नेपाली काँग्रेस गुल्मी निर्वाचन क्षेत्र नं२ प्रदेश क का प्रदेश सभापति पूर्ण के.सी. लगाएत नेता कार्यकर्ता घाईते भएका थिए ।
यसैबीच आजै बसेको प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस नेता तथा प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाउनुभयो ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्न नदिएर सरकारले लोकतन्त्रको गला निमोठ्ने काम गरेको भन्दै उहाले गुल्मीका प्रमुख जिल्ला अधिकारी तथा घटनामा संलग्न प्रहरी अधिकारीलाई कारबाही गरी सदनलाई जानकारी गराउन माग गर्नुभयो।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij