JanataToday.com

Advertisment

SKIP THIS

मुम्बईको पहिलो जित, कोलकत्ता पराजित

मुम्बईको पहिलो जित, कोलकत्ता पराजित

बुटवल– तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविकको विजेता मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।

बुधबार राति आफ्नो दोस्रो खेल खेलेको मुम्बईले कोलकत्ता नाइट राइडर्समाथि ४९ रनको जित निकालेको हो ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि प्याट कुमिन्सले ३३ रन बनाए भने कप्तान दिनेश कार्तिकले ३० रन जोडे । नीतिश रानाले २४ रन जोड्दा इयोन मोर्ग्यानले १६ रन जोडे ।

बलिङतर्फ ट्रेन्ट बाउल्ट, जेम्स प्याटिन्सन, जस्मिन बुम्राह, राहुल चाहारले समान दुई–दुई विकेट लिए भने किरन पोलार्डले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा विकेट गुमाउँदै रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रन बनाए । उनले आईपीएलमा ३७औं अर्धशतक बनाए । ५४ बल खेलेका रोहितले ६ छक्का र ३ चौका प्रहार गरे ।

यस्तै सूर्यकुमार यादवले ४७ रन बनाउँदा सौरभ तिवारीले २१ रन तथा हार्दिक पाण्डेले १८ रन जाडे ।

बलिङतर्फ शिवमा माभीले दुई विकेट लिए भने आन्द्रे रुसेल र सुनिल नारिनेले समान एक–एक विकेट लिए ।

यससँगै मुम्बईले दुई खेलबाट दुई अंक जोडेको छ । मुम्बई आईपीएलको उद्धाटन खेलमा साविकको उपविजेता चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

यता, कोलकत्ताले भने खराब सुरुआत गरेको छ ।

क्याप्टेन रोहित ५४ बलमा सानदार ८० रनको व्यक्तिगत योगफल जोडेवापत खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

आज साँझ हुने खेल किङ्ग्स इलेभेन पञ्जाब र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच हुँदैछ ।

प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij