मुलुकका विभिन्न स्थानमा भारी वर्षा, यस्तो छ तीन दिनको मौसम

मुलुकका विभिन्न स्थानमा भारी वर्षा, यस्तो छ तीन दिनको मौसम

बुटवल -मुलुकका विभिन्न स्थानमा बिहीबार (आज) बिहान भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, २, ५, बागमती, गण्डकी र कर्णाली प्रदेशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको हो । वर्षाका कारण बाढीपहिरो र डुबान हुन सक्नेभन्दै महाशाखाले सबैलाई सचेत रहन आग्रह गरेको छ । मुलुकका केही स्थानमा भने मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुटेटिनमा उल्लेख छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, २, ५, बागमती, गण्डकी र कर्णाली प्रदेशमा अति भारी वर्षा हुने भएकाले सचेत रहेर सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहितमध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएैका छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जानकारी महाशाखाले दिएको छ । हाल भारतको मध्य प्रदेशको मध्य भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम उत्तर पश्चिम सर्दैछ।

नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ अर्थात असोज ७ गते रहेता पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा छ। आगामी ३ दिनसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन, चट्याङ र हावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र २ का केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुटवल तिनाउनदीमा बाढी आएर जलसतहले खतरातह पार गरेको महाशाखाले जनाएको छ। महाशाखा अनुसार तिनाउ नदी तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा दिउँसो सम्मै उच्चसतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले बुलेटिनमार्फत सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij