बुटवल । संसदीय विटमा कलम चलाउने पत्रकारहरुको भेलाले प्रदेश ५ मा संसदीय मामिला पत्रकार समाज गठन गरेको छ।
भेलाले नयाँ पत्रिका दैनिकका विष्णु प्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा कान्तिपूर पब्लिकेसन्सकी अमृता अनमोल, महासचिवमा दैनिक पत्र दैनिकका सी. पी. खनाल, सचिवमा दैनिक लुम्बिनीका ओम प्रसाद पंगेनी र कोषाध्यक्षमा अन्नपूर्ण दैनिकका लक्ष्मण पोखरेललाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा नागरिक दैनिककी रेखा भुसाल, अनलाईन खबरका टोपराज शर्मा, बुटवल टुडे दैनिकका स्वस्तिक श्रेष्ठ, राजधानी दैनिक/बुद्ध टिभीका विनोद परियार, रेडियो समावेशीका मिलन गाहा र लुम्बिनी टीभी/रेडियो मुक्तिकी अस्मिना पाण्डे चयन भएका छन्।
भेलामा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले प्रदेश ५ मा संसदीय बिटमा कलम चलाइरहेका पत्रकारहरुको क्षमता अभिवृद्धि र रिर्पोटिङका लागि प्रदेश सभासँग समन्वयन गर्नका लागि सहज हुने विश्वास व्यक्त गरे।
भेलाले संसदीय मामिला पत्रकार समाज केन्द्रीय समितिसँग समन्वय गरेर प्रदेशमा संसदीय बिटमा कलम चलाउने पत्रकारहरुको दक्षता अभिवृद्धि र प्रदेशमा संसदीय बिटलाई सशक्त बनाउन भूमिका खेल्ने अध्यक्ष विष्णु घिमिरेले बताए।
सदस्यताका लागि आह्वान
यसैबीच समाजको पहिलो बैठकले संसदीय विटमा कलम चलाउने पत्रकारहरुलाई सदस्यताका लागि आह्वान गरेको छ।
जसका लागि टी.आर. शर्मा संयोजक रहेको तीन सदस्यीय समिति गठन गरिएको छ। जसको सदस्यमा रेखा भुसाल र स्वस्तिक श्रेष्ठ रहेका छन् ।
समितिले संसदीय विटमा कलम चलाउने पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि संगठन विस्तार गर्दै भेला डाक्ने जिम्मेवारी पाएको छ ।
यस्तै समाजलाई वैधानिकता दिनका लागि अमृता अनमोल संयोजक, सी पी खनाल र ओम पंगेनी सदस्य रहेको समिति बनाइएको छ।
यस्तै प्रदेश सभाका पदाधिकारी, संसदीय दलका नेताहरु र प्रदेश सभा सचिवालयका कर्मचारीहरुसँग परिचयात्मक कार्यक्रमको संयोजन गर्नका लागि कोषाध्यक्ष लक्ष्मण पोखरेललाई जिम्मा दिने निर्णय बैठकले गरेको छ।
बैठकले समाजको सल्लाहकारमा डीआर घिमिरे, भरत केसी र यमलाल भुसाललाई मनोनित गरेको छ भने समाजको सदस्यमा मेचीकाली दैनिकका प्रकाश आचार्यलाई मनोनित गरेको छ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्