JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा बहुमुखि सहकारीको साधारण सभा कार्तिक ५ गते हुने

तिलोत्तमा बहुमुखि सहकारीको साधारण सभा कार्तिक ५ गते हुने

शुद्धोधनमा सहकारीको सुबिधा केन्द्र खोलीने

 

बुटवल
तिलोत्तमा बहुमुखि सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारण सभा कार्तिक५ गते हुने भएको छ । सहकारी बिभागको परिपत्र अनुरुपको मापदण्ड र प्रक्रिया अनुरुप सधारण सभा गर्न लागीएको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले जानकारी दिनु भयो । सल्लाहकार,लेखा सुपरिवेक्षण सहित संचालक समितिको बुधबार बैठकले सहकारी बिभागले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र परिपत्र अनुरुप साधारण सभा गर्ने निर्णय गरेको हो । सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षता र सचिव पार्बती थापाको संचालनमा सम्पन्न बैठकले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्षको लेखा परिक्षण प्रतिवेदन पनि पारीत गरयो । सो प्रतिवेदन छापेर साधारण सभा भन्दा १५ दिन अगावै शेयर सदस्यहरुलाइ बितरण गरीने छ ।
बैठकले साधारण सभामा शेयर सदस्यहरुको उपस्थितीकालागि अशोज १८ गतेदेखि ३० गते सम्मको समय तोकेको छ । तिलोत्तमा २ शंकरनगर स्थित सहकारीकै भवनमा बिहान १०.३० देखि दिउसो ३.३० बजेसम्म परिचय पत्र सहित शेयर सदस्यहरुले उपस्थिती जनाउनु पर्नेछ । संस्थाको बार्षिक प्रगति प्रतिवेदनका सम्बन्धमा भएका राय सुझाव तथा टिप्णीहरु कार्तिक २ गते भित्र लिखित रुपमा संस्थाको कार्यालयमा दिन सक्ने व्यवस्था गरीएको छ । शेयर सदस्यका लिखित सुझावहरु साधारण सभाको दिन निर्णयार्थ पेश गरीने छ । नियमनकारी निकायका प्रतिनिधिकै रोहबरमा सिमित उपस्थितीमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कात्र्तिक ५ गते साधारण सभा सम्पन्न गरीने अध्यक्ष देवकोटाले बताउनु भयो । साधारण सभाको सम्पुर्ण बिवरण संचार माध्यमबाट सार्वजनिक गरीने छ । कोभिड १९ का कारण सहकारीहरुको साधारण सभा कसरी गर्ने भन्ने अन्यौल रहेका बेला सहकारी बिभागले अशोज १ गते सुरक्षा मापदण्ड अपनाएर निश्चित बिधि र प्रकृया तोकेर सो अनुरुप साधारण सभा गर्न परिपत्र गरेको थियो । सोही परिपत्र अनुरुप तिलोत्तमा बहुमुखि सहकारीले २४ औं साधारण सभाको तयारी थालेको हो । यो सहकारीमा ३ हजार बढी शेयर सदस्य छन ।
शुद्धोधनमा सहकारीको सुबिधा केन्द्र खोलीने
यसैबिच शुद्धोधन गाँउपालिकाको मानपकडीमा शहकारीको सुबिधा केन्द्र खोलीने भएको छ । सहकारी अन्तर्गत गठन भएको टिएमसि सिस्टर्स सोसाइटि सुद्धोधनका अध्यक्ष प्रेम कुमारी थारुको अध्यक्षता र सहकारीका अध्यक्ष माधवलाल देवकोटाको प्रमुख आतिथ्यतामा बसेको बैठले सुद्धोधन ५ को मानपकडिमा सुविधा केन्द्र खोल्ने निर्णय गरेको हो । सुद्धोधनमा सहकारीका २ सय बढी शेयर सदस्यहरु रहेकाले सेवा प्रवाहमा सहज होस भन्ने उद्येस्यले सुविधा केन्द्र खोल्न लागीएको अध्यक्ष देवकोटाले बताउनु भयो । कार्यक्रममा स्वागत रेशम सिंह ठकुरी र संचालन बिन्दुलक्ष्मी सुबेदीले गर्नु भएको थियो ।

प्रकाशित मिति : शनिबार, असोज १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij