प्रधानमन्त्रीले बोलाएर मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाएर मन्त्रिपरिषद्को आकस्मिक बैठक

बुटवल-प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको आह्वानमा बैठक अपराह्न १२ बजे बालुवाटारमा बस्ने स्रोतले बतायो । नियमित बैठक सोमबार बस्ने तय भइसकेको अवस्थामा ओलीले आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले जारी गर्ने एजेन्डा रहेको र अन्य केही विधेयकका बारेमा छलफल हुने स्रोतको भनाइ छ ।

एसिड सम्बन्धी सरकारले ल्याएको विधेयक मन्त्रिपरिषद्ले जारी गरेपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाटबाट प्रमाणिकरण हुने बताइएको छ । सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा वृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ । एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट मृत्यु भएमा जन्मकैदको सजायको सिफारिस गरिएको छ ।

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij