आइतबार कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु

आइतबार कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु

बुटवल -नेपालमा आइतबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।â

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा आज थप १० जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

आइतबार थप १५ सय ७३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । कुल संक्रमितमध्ये ७३.४ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए । आइतबार थप ८८५ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij