काठमाडौँ ।
आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले केही निकायहरुमा नियुक्ति गरेको छ।सामान्यतया सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक प्रधानन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ११ बजेका लागि बोलाएका थिए।
सत्तारुढ नेकपाको सुझावअनुसार मन्त्रिपरिषद् हेरफेर गर्नुअघि ओलीले बैठक राखेको चर्चा भएपनि मन्त्रिपरिषद्मा त्यसबारे कुनै छलफल नभएको महिला बालबालिका तथा सामाजिक विकास मन्त्री पार्वत गुरुङले जानकारी दिए।
उनले भने, ‘आज त्यस्तो विशेष एजेण्डा केही थिएन। केही निकायहरुमा अत्यावश्यक नियुक्तिहरु भएका छन्।’ मन्त्रिपरिषद् बैठकअघि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।
मन्त्रिपरिषद् पुनः गठनबारे ओली–दाहालबीच केही दिनयता लगातार छलफल हुँदै आएको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा। दीपक भण्डारीलाई नियुक्त गरेको गुरुङले जानकारी दिए।
त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलयका लागि नेपाली राजदूत डा। अञ्जान शाक्यलाई अख्यितारी दिएको छ।
प्रकाशित मिति : आइतबार, असोज ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्