बुटवलका ४५ जना सहित रुपन्देहीमा मंगलबार ६८ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि

बुटवलका ४५ जना सहित रुपन्देहीमा मंगलबार ६८ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि

बुटवल
बुटवल उपमहानगरपालिकाका ४५ जना सहित रुपन्देहीमा मंगलबार ६८ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालामा गरिएका परीक्षण अनुसार शुक्रबार साँझ साढे ५ बजेसम्म विभिन्न ७ पालिकामा २० महिला र ४८ पुरुष कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो।
शाहका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १५ महिला ३० पुरुष गरी ४५ जनामा थप संक्रमण देखिएको छ।
त्यस्तै सिद्धार्थनगरमा १० जना, तिलोत्तमामा ७ जना, सैनामैना र शुद्धोधनमा २र२ जना, देवदह र लुम्बिनी सांस्कृतिकमा १र१ जनामा संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै रुपन्देहीमा संक्रमितको संख्या २ हजार ५ सय ६४ पुगेको छ। मंगलबार रुपन्देहीमा ६३ जना संक्रमणमुक्त भएका छन्।

 

प्रकाशित मिति : मंगलबार, असोज १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij