पीसीआर परीक्षणको शुल्क समायोजन गर्न प्रयोगशालालाई २४ घण्टे अल्टिमेटम

पीसीआर परीक्षणको शुल्क समायोजन गर्न प्रयोगशालालाई २४ घण्टे अल्टिमेटम

काठमाण्डौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न आठ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षणको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

सरकारले तोकेको अधिकतम दुई हजारभन्दा बढी शुल्क लिइरहेका ती प्रयोगशालालाई २४ घण्टे चेतावनी दिएको र यदी २४ घण्टाभित्र समायोजन नभएमा प्रयोगशाला सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गुणस्तर मापन तथा नियमन महाशाखाको प्रतिवेदनअनुसार एक पटकलाई चेतावनी दिइएको र २४ घण्टाभित्र शुल्क समायोजन नभएमा आवश्यक कारबाहीका लागि वाणिज्य विभाग र गृह मन्त्रालयलाई पत्र लेख्ने निर्णय भएको प्रवक्ता गौतमले बताउनुभयो ।

यस्तै सरकारले तोकेको मापदण्डबाहिरका मानिसको परीक्षण गर्ने, अनुमति नलिएका सङ्घ संस्था तथा बिचौलियाका रुपमा नमुना सङ्कलन गरेको पाइएमा पनि कारबाही गरिने चेतावनी दिइएको छ ।

यी हुन् चेतावनी पाउने अस्पताल

स्टार अस्पताल, ह्याम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायग्नोस्टिक र इन्ट्राप्रिड डायग्नोस्टिक

प्रकाशित मिति : बुधबार, असोज १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij