काठमाण्डौ, सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।
यस्तै सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिस गरेको छ । यस्तै आज मात्रै मुख्य सचिवबाट राजीनामा दिएर स्वीकृत भएका लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गरिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै सरकारले कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।
प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्