१६ असोज,कञ्चन
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कञ्चन गाउकमिटी अन्तर्गत वडा नं. ५ को वडाकमिटिको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै टोल टोलमा पार्टीको संगठन बिस्तार र आम जनताको जन जिविकाको बिषयमा नियमित छलफल गरि आम जनताबाट उठेका बिषयहरुका बारेमा पार्टी नेतृत्वलाई जानकारी गराउनु पर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कै नेतृतवमा बनेको सरकारले नै सुकुम्वासी समस्या समाधान गर्ने र यही आर्थिक बर्ष देखि नै कञ्चनमा अब्यबस्थित बसोबास रहेको कञ्चनमा नापी कार्य शुरु हुने र अर्को बर्ष सम्म हरेक कञ्चनवासीको हात हातमा जग्गाधनी पुर्जा हुने सुखद समाचार लिएर हरेक टोल टोलमा गई संगठन बिस्तार समेत गर्नु पर्ने निर्देशन दिनु भएको छ।
जिल्ला सदस्य हस्त बहादुर सवारले आफ्नै पार्टीको बहुमत सरकार भएको र जनताको समस्या समाधान गर्ने नेकपाको सरकार भएकोले अझै नजिकबाट अनुभुत हुने खालको जनमुखी कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भएको छ। यस्तै कार्यक्रममा जिल्ला नेता शुसिला क्षेत्री, गोकर्ण बहादुर क्षेत्री, कन्चन गाउ कार्य समितिका अध्यक्ष भरतमणी सापकोटा, प्रदेश विभाग सदस्यहरु दिनानाथ आचार्य, लेखनाथ पौडेल, नेता कृष्ण प्रसाद अधिकारी लगायतले कन्चनमा भएका विकास र पार्टीले गरेका कार्यहरूका बारेमा जानकारी दिनु भएको थियोे ।
वडा कमिटिका अध्यक्ष कुल प्रसाद पौडेलको अध्यक्षतामा समपन्न बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा कञ्चन ५ का बिभिन्न राजनैतिक दलमा आस्था राख्ने २६ जना नेपाल कम्युािष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कञ्चन गाउ कमिटीका सचिवालय सदस्य हिमा बेलवासेले जानकारी दिनु भएको छ। नेपाल कम्युािष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेहरुमा कञ्चन ५ ब्रिन्दावनका जित बहादुर राना,दिल बहादुर बि.क.,चन्द्र बहादुर बि.क.,लेखनाथ पौडेल,दल बहादुर क्षेत्री,सरस्वती पौडेल,निरा बेलवासे यसैगरी दुर्गा मनिदर टोलका सिता बि.क. ,माया बितालु,बिष्णु बि.क.,सुमित्रा बि.क.,बेलमाया पुन,राधेश्याम बानिया(गुड्डु),बेलमाया बि.क.,पुरमला बि.क.,रवि कुवंर,सिमा सुनार,खिम बहादुर बुढा मगर,गोमी क्षेत्री,खडग बहादुर कुंवर,भविराम थापा,ज्ञानु कुंवर,मालिका टोलका मोतीलाल बि.क.,हरिसचन्द्र कडेंल,गिता बि.क. र पुर्वी टोलका मंगलराम रेग्मी रहेको कञ्चन गाउ कमिटीका सचिवालय सदस्य बेलवासेले जानकारी दिनु भएको छ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कञ्चन गाउ वडा नं. ५ का सदस्य मिना बि.क.को स्वागत तथा रुम बहादुर पुलामीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति : शनिबार, असोज १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्