विश्व फुटबलको प्रसिद्ध अवार्ड बालोन डि ओर क्रोयशियाका मिडफिल्डर लुका मोड्रिचले जितेका छन्। सोमबार राति फ्रान्सको राजधानी पेरिसमा भएको औपचारिक समारोहमा मोड्रिकलाई अवार्ड दिइएको हो।
अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीमध्ये मोड्रिकले सबैभन्दा धेरै ७ सय ५३ मत प्राप्त गरे। दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोले ४ सय ७८ र फ्रान्सका एन्टोइन ग्रिजम्यानले ४ सय १४ मत प्राप्त गरे।
गत वर्षका विजेता रोनाल्डो दोस्रो भए। बार्सिलोनाका कप्तान मेसी पाँचौँ भए। एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजम्यान तेस्रो तथा पिएसजीका केलियन एमबाप्पे चौथो स्थानमा रहे। दुवै फ्रान्सेली खेलाडी हुन् र उनीहरुले गएको जुलाईमा विश्वकपको उपाधि जितेका थिए।
फ्रेन्च फुटबल म्यागजिनले हरेक वर्ष एकजना उत्कृष्ट खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आएको थियो। मोड्रिचले अवार्ड पाएपछिको १० वर्षसम्मको रोनाल्डो–मेस्सी दबदबामा अवार्ड उचाल्नबाट चुकेका खेलाडीमा आफ्नो अवार्ड समर्पित रहेको बताए। मोड्रिचले रोनाल्डो र मेस्सी सर्वोत्कृष्ट खेलाडी रहेको पनि बताए।
उनले आफ्नो कप्तानीमा रहेको क्रोयशियालाई पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुर्याएका थिए। मोड्रिकले यस वर्षको फिफा वर्ष खेलाडी अवार्ड र युइएफए वर्ष खेलाडीको अवार्ड पनि जितिसकेका छन्।
बालोन डी’ओरमा यो वर्ष लिभरपुल तथा इजिप्टका मोहम्मद सालह छैटौँ, रियल म्याड्रिड तथा फ्रान्सका राफायल भाराने सातौँ, चेल्सी तथा बेल्जियमका इडन हजार्ड आठौँ, म्यानचेस्टर सिटी तथा बेल्जियमका केविन डी ब्राउन नवौँ र टोटनह्याम तथा इंग्ल्याण्डका ह्यारी केन दशौँ स्थानमा रहे।
फ्रेन्च फुटबल म्यागजिनले सन् १९५६ देखि प्रदान गर्दै आएको अवार्ड सन् २०१० देखि २०१५ सम्म फिफासँगको सहकार्यमा फिफा बालोन डी’ओर अवार्डका रुपमा वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दे आएको थियो। तर २०१५ यता भने सहकार्य तोडियो, फिफा र बालोन डी’ओरले छुट्टाछुट्टै अवार्ड दिन थाले।
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्