सञ्जाल रुपन्देहीले मंगलबार पनि प्रदेश सभामा धर्ना दिने

सञ्जाल रुपन्देहीले मंगलबार पनि प्रदेश सभामा धर्ना दिने

 

बुटवल- रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको संस्था (सञ्जाल) रुपन्देहीले भोली मंगलबार पनि प्रदेश सभा बैठकलाई घेराउ गर्ने निर्णय गरेको छ । प्रदेशको राजधानी बुटवलबाट अन्यत्र सार्न लागिएकोमा त्यसको बिरोधमा उत्रिएको सञ्जालको सोमबार साँझ बसेको बैठकले उक्त बिरोधको कार्यक्रममा सहभागि हुनको लागि समेत आम उद्योगी व्यबसायीहरुलाई अपिल गरेको छ ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा संयुक्त संघर्ष समिति सञ्जाल रुपन्देहीका संयोजक खिमबहादुर हमाललको अध्यक्षतामा बसेको बैठकले सञ्जालले आह्वान गरेको बिरोध प्रदर्शनमा सहभागि उद्योगी व्यबसायी तथा जनप्रतिनीधिहरुलाई समेत धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको सहसंयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले जानकारी गराउनु भयो ।

सोमबार सञ्जाल र नेपाली काँग्रेस रुपन्देहीले आयोजना गरेको धर्ना कार्यक्रममा सहभागि भएर संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर केसी लगायतका जनप्रतिनीधिहरुले प्रदेशको राजधानी रुपन्देहीको विकल्प नभएको बताउँदै प्रदेश सरकारलाई उक्त प्रस्ताव तुरुन्तै फिर्ता गर्न आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, असोज १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij