बुटवल-राजधानी सार्ने भएपछि रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट नजिक नेकपा समर्थित विभिन्न ३५ वटा संघसंस्थाका २ हजार २ सय ४९ जना उद्योगी व्यवसायीद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् ।
रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टी नजिकका करिब दुई हजार उद्योगी व्यवसायीले प्रदेश सरकारले राजधानी सार्न लागेको भन्दै पार्टीको सदस्यता परित्यागको घोषणा गरेका हुन् ।
प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
रुपन्देहीका विभिन्न ३५ वटा संघसंस्थाका २ हजार २ सय ४९ जना नेकपाका कार्यकर्ताले सामुहिक राजीनामा पत्रमा हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
राजीनामा सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा रुपन्देही व्यापार संघका पुर्व अध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पर्यटन ब्यवसायी माधव नेपाल, उद्योग परिसंघका अध्यक्ष एजाज आलम, रुपन्देही ब्यापार संघका अध्यक्ष याम लोहनी, पश्चिम नेपाल यातायात ब्यवसायी प्रा.लिका संचालक नारायण घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : मंगलबार, असोज २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्