काठमाडौँ -नेपालमा मंगलबार थप १५ सय ५१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको परीक्षणमा थप १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यससँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या संख्या ६७ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३ सय ४० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
कुल संक्रमितमध्ये ७४.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, असोज २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्