JanataToday.com

Advertisment

SKIP THIS

बिचौलियाविरुद्ध सडकमा उत्रिए कुखुरा किसान

बिचौलियाविरुद्ध सडकमा उत्रिए कुखुरा किसान

बुटवल । सरकारले आफूहरुका माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै ब्रोइलर कुखुरा पालक किसानले बुटवलमा विरोध प्रदर्शन गरेका छन् ।

गएको मंसिर ५ गते विभिन्न मागसहित प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई नौं बुँदे ज्ञापनपत्र बुझाएका किसानले यसबीचमा मन्त्रालयले माग सम्बोधन गर्न चासो नदेखाएपछि मंगलबार सडकमा उत्रेर विरोध प्रदर्शन गरेका हुन् ।

मन्त्रालयले एक हप्ताभित्र मागबारे अध्ययन गरी समस्या समाधानका लागि छलफलमा बोलाउने प्रतिवद्धता जनाएको थियो ।

लुम्बिनी ब्रोइलर कुखुरा पालक किसान संघले आफूहरुको सहभागितामा लागत अनुसार जिउंदो कुखुराको वैज्ञानिक मूल्य निर्धारण गरिनुपर्ने, चल्ला र दाना विक्रिमा बिचौलिया प्रवृत्ति र एकाधिकार अन्त्य हुनुपर्ने, कुखुराको औषधि उपचारमा अनुदानको व्यवस्था हुनुपर्ने, बिचौलिया र माफियातन्त्र अन्त्य गर्नुपर्ने, भारतीय चल्ला र कुखुराको आयात नियन्त्रण गरिनुपर्ने लगायतका माग राखेका छन् ।

यस्तै अस्वस्थ कुखुराको आयातलाई रोक्न, ब्रोइलर कुखुरापालक किसानहरुको तथ्याङ्क संकलन गर्न, कोल्ड स्टोरको व्यवस्था गर्न, कुखुराको वजार मुल्य र गुणस्तरको निरिक्षण गर्ने छुट्टै संयन्त्र बनाउन पनि संघले माग गरेको छ ।

संघले अठार सय ग्राम तौल भन्दा बढी तौलका जिउँदो कुखुरा मानव स्वास्थ्यका लागि हानिकारक भएको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेकाले त्यस्ता कुखुराहरुमाथि प्रतिबन्ध लगाउन पनि माग गर्दै आएको छ ।

किसानहरुको विरोध प्रदर्शन बुटवलको गोलपार्कबाट शुरु भई अस्पताललाइन, अमरपथ हुंदै हाटबजारलाइनस्थित भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय अगाडि पुगेर कोणसभा गरी सकिएको थियो ।

कोणसभामा बोल्दै विरोध प्रदर्शनका संयोजक कमलकान्त गौतमले किसानका माग सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्दै जाने बताए ।

खासगरी बिचौलियाका कारण आफूहरुले लागत अनुसार कुखुराको मूल्य पाउन नसकेको गौतमले गुनासो गरे ।

रुपन्देहीमा किसानका कुखुरा थोकमा खरिद गर्ने २७ जना बिचौलिया रहेको उनले बताए ।

किसानहरुलाई एक आपसमा लडाएर न्यूनतम मुल्यमा खरिद गरी मासु पसललाई ठूलो अन्तर राखेर बिक्रि गर्दा किसान र उपभोक्ता दुबै मर्कामा परेको किसानहरुको गुनासो छ ।

४५ दिनमा विक्रिका लागि तयार हुने एउटा कुखुरा उत्पादन गर्दा करिब ४ सय रुपैया लागत लाग्ने किसानहरु बताउंछन् ।

जिउदो कुखुराको विक्रि मूल्य १ सय ३५ देखि १ सय ४० रुपैया मात्र रहेको छ ।

तयारी मासुको बजार मूल्य भने करिब ३ सय रुपैया बढी छ । रुपन्देहीमा करिब एकहजार कुखुरापालक किसान छन् ।

बुटवलमा मात्रै दैनिक ३० हजार किलोग्राम जिउंदो कुखुराको मासु विक्रि हुने गरेको तथ्यांक छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij