बडा दशैंको साइत कुन देशमा कति बजे ?

बडा दशैंको साइत कुन देशमा कति बजे ?

काठमाडौं – यस वर्षको बडा दशैंको विजयादशमीको टिकाको साइत नेपालमा विहान १० बजेर १९ मिनेटमा रहेको छ । कात्तिक १० गते विहान उक्त साइतमा नेपालमा बडा दशैंको टिका लगाइने भएपनि विदेशमा रहेका नेपालीहरुका हकमा समस्या पर्ने गरेको छ ।

विदेशमा रहेका नेपालीहरुले आफु जुन देशमा रहेको हो सोहि अनुरुप साइत मिलाएर बडा दशैंको विजयादशमीको टिका लगाउन सकिने अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।

विदेशमा रहेका नेपालीहरुलाई विजयादशमीको टिका लगाउन सहज होस् भन्ने हेतूले अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले देश अनुसार टिका लगाउने साइत प्रकाशित गरिदिएको छ ।

समितिका अनुसार नेपालमा कात्तिक १० गते विहान १०ः१९ बजे विजयादशमीको टिकाको उत्तम साइत रहेको छ । भारतमा रहेका नेपालीहरुले सोहि दिन १०ः३५ बजे टिका ग्रहण गर्न सक्छन् । अमेरिकाको न्यूयोर्कमा विहान ११ः०५, केन्टुकीमा ११ः०७, टेक्सासमा ११ः५७ र क्यार्लिफोनियामा ११ः४५ बजे विजयादशमीको टिका ग्रहण गर्न सक्ने समितिका अध्यक्ष प्रा.डा. माधबप्रसाद भट्टराईले जनाएका छन् ।

यसैगरी बेलायतको लण्डनमा ११ः३९, क्यानडाको टोरन्टोमा ११ः४३ बजे टिकाको उत्तम साइत रहेको छ ।

कुन देशमा कुन समयमा छ टिकाको साइत हेर्नुहोस

प्रकाशित मिति : बिहिबार, असोज २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij