बुटवल-लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी र लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।शुक्रवार बिहान बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा दुबैको नतिजा कोरोना पोजेटिभ आएको हो ।
कोरोना आसंकामा सभामुख घर्तीको पिसिआर परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएकोले उनीसँग सम्पर्कमा आएका सबैले पिरसिआर परिक्षण गराउन प्रदेश सभा सचिवालयले आग्रह गरेको छ ।
सभामुख घर्तीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र अहिले सभामुख निवासमै आइसोलेसनमा रहेको उनको निजि सचिवालयले जनाएको छ ।
यसअघि आजै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, असोज २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्