सरकार र डाक्टर केसी पक्षबीचको वार्ता निश्कर्षविहीन

सरकार र डाक्टर केसी पक्षबीचको वार्ता निश्कर्षविहीन

काठमाडौं – सरकारले सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य प्रति गम्भिर नभएको पाइएको छ । आमरण अनसनको २६ औं दिन सरकारी वार्ताटोली र डा. केसी पक्षधरविच लगभग सहमति भइसकेको अवस्थामा एकाएक माहौल फेरीयो । शिक्षामन्त्रीले सहमतिका बुँदाहरुमा केही संसोधन गरेर आफैं भागिदिए ।

डा. गोविन्द केसीको अनशन तोडाउन निर्णायक भनिएको वार्ता एकाएक भाँडिनुमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको हात रहेको छ ।

सरकारले गठन गरेको वार्ता समिति र डा. केसीको वार्ता टोलीबीच शुक्रबार अबेरसम्म शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारी टोली अनुदार देखिएकोले वार्ता विफल भएको बताइएको छ । यसअघि बिहिबार भएको वार्तामा सहमति नजिक पुगिएको थियो ।

डा. केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षेत्रीले सरकारी टोली डा. केसीसँग सहमति गरी आज शुक्रबार राति नै डा. केसीको अनशन तोडाउने तयारी असफल भएको बताएका छन् ।

 

अन्तिम अवस्थामा त्रिवि चिकित्सा शाष्त्र अध्ययन सस्थान (आइओम) पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषा विषयमा शिक्षामन्त्रीले संसोधन गरेर आफैं सम्पर्क विहिन भएपछि वार्ता भाँडिएको छ ।

सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले डा. केसीलाई शुक्रबारै अनसन तोड्न लगाउने गरी सहमतिको मस्यौदा बनाइएको बताउँदै डा. केसीको वार्ता टोलीलाई खबर पठाइएको थियो, सोहि अनुरुप डा. जीवन क्षेत्र लगायत तयारी अवस्थामा थिए तर, सरकारी वार्ता टोली नै आइदिएन ।

स्रोतका अनुसार शिक्षामन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गर्दै चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मिति हटाउन तथा अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाएपछि वार्ता भाँडिएको हो ।

सहमतिको मस्यौदा संसोधन गरेर हिँडेका शिक्षामन्त्री नआएपछि वार्ता भाँडिएको डा. केसीका वार्ताटोलीका संयोजक जीवन क्षेत्रले बताए । ‘शिक्षामन्त्री डा. केसी प्रति अत्यन्तै अनुदार हुनुभयो, सहमतिमा गइसकेर मस्यौदा समेत बनिसकेको अवस्थामा उहाँ बाहिरिनु भयो पछि हामीले सम्पर्क गर्दापनि सम्पर्कमा आउन चाहनु भएन ।’ डा. क्षेत्रीले भने ।

उनले शिक्षामन्त्री पोखरेलले डा. केसी मरेपनि मरोस भन्ने दुरासय राखेको समेत जिकिर गरे । ‘उहाँ डा. केसी प्रति अनुदार हुनुहुन्छ भन्ने त छँदैथियो, तर, सहमतिको ड्राफ्ट संसोधन गरेर अन्तिम अवस्थामा आफैं गायब हुनुहुन्छ भन्ने अनुमान थिएन ।’ डा. क्षेत्रीले भने ।

सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली र डा. केसीको तर्फबाट क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको छ । सरकार वार्ताबाट आफैं पछि हटेकोले डा. केसीको स्वास्थ्यवस्था झनै जोखिममा पुगेको छ । उनको शरीरमा अक्सिजनको समेत कमी भइरहेको अवस्था छ ।

यता डा. केसीको पक्षमा रहेका सोलिडारिटी फर डा.केसी, नेपाल चिकित्सक संघ, विवेकशील नेपाली दल लगायतले सरकारी रबैयाको चर्को विरोध गर्दै शशक्त आन्दोलन गर्ने भएका छन् । डा. क्षेत्रीले आफुहरु अझै वार्ताबाट नभागेको बताउँदै आन्दोलनलाई पनि अझ शशक्त पार्ने जनाएका छन् ।

प्रकाशित मिति : शनिबार, असोज २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij