बुटवल
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सवारी चालक तथा सह–चालकहरुलाई सडक लेन अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि जनचेतनामुलक प्रशिक्षण दिएको छ ।
सो कार्यालयले आइतबार बुटवलको लक्ष्मीनगर स्थित प्रतिक्षालय टिप्पर, ट्रक, पिकअप, ट्याक्टर र छोटा हात्तीका करिब १ सय १० जना चालक तथा सह–चालकहरुलाई प्रशिक्षण दिएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षकद्धय भिमसेन घिमिरे र हुमानन्द खनाल लगायतको टोलीले टिप्पर, ट्रक, पिकअप, ट्याक्टर र छोटा हात्तीका करिब १ सय १० जना चालक तथा सह–चालकहरुलाई सिक्स लेनमा सवारी साधन चलाउँदा ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, लेन अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी ट्राफिक जनचेतनामुलक प्रशिक्षण दिएको सो कार्यालयले जनाएको छ ।
नजिकिदै गरेको विजया दशमी,तिहार तथा छठ पर्वको समयमा हुने भिडभाड तथा सम्भावीत सवारी दुर्घटनालाई मध्येनजर गरी जनचेतनामूक प्रशिक्षण दिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, असोज २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्