चितवन – चितवनमा उपचाररत मकवानपुर हेटौंडाका कोरोना संक्रमित एक पुरुषको बुधबार साँझ मृत्यु भएको छ ।
हेटौंडा उप-महानगरपालिका-९, प्रगतिटोल बस्ने ६६ वर्षीय पुरुषको साँझ ६:१५ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
उनलाइ असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भए पछि भरतपुर अस्पताल भर्ना गरिएको थियो ।
भर्ना भएको भोलि पल्ट अर्थात २८ गते कोभिड १९ संक्रमण पुष्टि हुनुका साथै स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसियुमा राखी भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो।
प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्