प्रधानमन्त्रीसहित सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारकाे निर्णय

प्रधानमन्त्रीसहित सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारकाे निर्णय

काठमाडौं – काेराेना संक्रमणकाे अवस्थामा मन्त्री, सांसद तथा नेताहरूलाई दशैं भत्ता दिने विषयकाे चर्काे आलोचना भएपछि प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले दशैं भत्ता बापतकाे रकम काेराेना काेषमा जम्मा गर्ने भएका छन् ।

साेमबारकाे नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दशैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ ।’

यस्तै उनले संघीय मन्त्रीपरिषद्को निर्णयको मर्म अनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय पनि भएकाे जानकारी दिए । नेकपा, कांग्रेस लगायत अन्य दलका केही सांसदहरूले यसअघि नै भत्ता फिर्ता दिने निर्णय गरिसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरूले पनि भत्ता फिर्ता गर्नुपर्ने कुरा उठ्दै आएको थियो ।

प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij