बुटवल ।
रुपन्देहीका १ सय ५८ सहित लुम्बिनी प्रदेशमा मंगलबार थप २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका १ सय ६२ पुरुष र ९६ महिला गरी थप २ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले जानकारी दिए ।
यससँगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १०० पुगेको छ ।
मंगलबार प्रदेशमा सबैभन्दा धेरै रुपन्देहीका १ सय ५८ जना,दाङ जिल्लाका ३९ जना,बाँके जिल्लाका २९ जना,नवलपरासी पश्चिम र गुल्मी जिल्लाका ९÷९ जना,कपिलवस्तुका ६ जना र प्यूठान जिल्लाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशभर हाल ४ हजार ३ सय २५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ हजार ३ सय ८३ जना होम आइसोलेसन र ९ सय ४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेशभरका अस्पताल तथा आइसोलेसन केन्द्रहरुबाट थप १ सय ४३ जना उपचारपछि निको भएर घर फर्कीएका छन् ।
हालसम्म प्रदेशका ११ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने १ सय २९ जनाको मृत्यु भएको छ ।
प्रदेशभर हाल १ हजार ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्