काठमाडौं ।
अर्थमन्त्री विष्णु पौडेल र भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज बुधबार भेटवार्ता भएको छ।उक्त भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगको लागि धन्यबाद दिएका थिए।
अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी तथा कोरोना महामारी नियन्त्रणलगायत विषयमा छलफल भएको उल्लेख छ।अर्थमन्त्री पौडेलले कोरोनाविरूद्ध नेपाल सरकारले चालेका कदमबारे पनि भेटमा जानकारी गराएका थिए। कोरोनाविरूद्ध सहकार्यको आवश्यकता रहेको पौडेलको भनाइ थियो।
राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।नेपाल र भारतबीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै क्वात्राले भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताएका थिए।
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्