ललितपुरका ३ स्थानमा ट्राफिक बत्ति जडान

ललितपुरका ३ स्थानमा ट्राफिक बत्ति जडान

ललितपुर : ललितपुर महानगरका तीन ठाउँमा ट्राफिक बत्ती जडान गरिएको छ। महानगरले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा कुपण्डोलदेखि जावलाखेलसम्म तीन वटा ट्राफिक बत्ती राखेको हो।

कुपण्डोलको उकालोे, महानगरपालिकाको कार्यालयअगाडि र अल्का अस्पताल छेउमा ट्राफिक बत्ती जडान गरिएको महानगरले जनाएको छ।

महानगर प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन समस्या अन्त्य गर्न महानगरले बत्तीको व्यवस्था गरेको बताए।

उनले भने, ‘यो कामलाई महानगरले निरन्तरता दिँदै जान्छ।’

दिनहुँ बढेको सवारी चाप व्यवस्थापनमा बत्तीले सहयोग गर्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए।

महानगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा पुल्चोकदेखि कुपण्डोलसम्म ‘स्मार्ट बत्ती’ समेत जडान गर्ने भएको छ।

प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij