काठमाडौं – आज (शुक्रबार) काेराेना भाइरस (काेभिड १९) संक्रमित हुनेभन्दा निकाे हुनेकाे संख्या बढी छ ।
पछिल्लाे २४ घण्टामा नेपालमा थप २,९०९ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि हुँदा ४ हजार ५०० जना डिस्चार्ज भएका छन् । यस्तै थप १८ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख ८८ हजार ८८३ पुगेकाे छ । संक्रमितमध्ये १ लाख ५२ हजार ९०८ जना निकाे भइसकेका छन् भने हालसम्म १ हजार ७० जनाकाे मृत्यु भइसकेकाे छ ।
यस्तै आज क्वारेन्टिनमा १ हजार २५४ जना रहेका छन् । ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्