काठमाडौं –नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेकाे हाे ।
ऊर्जामन्त्री वर्षमान पुन अनन्तकाे उपस्थितीमा भएकाे प्राधिकरण सञ्चालक समिति बैठकले उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’ बाट काज फिर्ता गरेर नियुक्ति दिने निर्णय गरेकाे थियाे । साे निर्णय बमाेजिम शाक्यले आज (सोमबार) नै पदबहाली गरेका छन् ।
यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो । त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् ।
प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्