पाल्पा : तानसेन नगरपालिका–९, दमकडामा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
सराईबाट बाँसटारीतर्फ जाँदै गरेको लु ४ प ९०४८ नम्बरको मोटरसाईकलको ठक्करबाट टेकबहादुर खाम्चाको मृत्यु भएको हो ।
वगनाशकाली गाउँपालिका–५ का, ४७ वर्षीय टेकबहादुर खाम्चाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए ।
उनलाई सडकमा हिँडिरहेका खाम्चालाई बुधबार दिउँसो मोटरसाईकलले ठक्कर दिँएको थियो ।
मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरी कार्यालयले जनाएको छ । खाम्चाको उपचारकै क्रममा बिहिबार बिहान ८ बजे मृत्यु भएको हो ।
प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्