विदेशी प्रकाशकद्वारा प्रकाशित पुस्तक पैठारीमा भन्सार महसुल छुट : अर्थ मन्त्रालय

विदेशी प्रकाशकद्वारा प्रकाशित पुस्तक पैठारीमा भन्सार महसुल छुट : अर्थ मन्त्रालय

 

काठमाडौ

अर्थ मन्त्रालयले पुस्तकमा लाग्दै आएको कर सम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबाट विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटाएको बताएको छ ।

अर्थ मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई गरी पैठारी गरेमा साबिक बमोजिमको १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको प्रष्ट पारेको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले यसबाट नेपाली प्रकाशन गृहबाट प्रकाशन हुने पुस्तक नेपालमा नै छपाई हुने र नेपालमा रहेका मुद्रण उद्योगको संरक्षण तथा प्रवर्द्धन गर्न सघाउ पुग्ने बताउनुभयो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।०७।२४ मा बसेको बैठकले आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा आर्थिक ऐन, द्दण्ठठ बमोजिम लाग्दै आएको भन्सार महसुल पूर्ण रुपमा छुट दिने निर्णय गरेको छु( प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन, द्दण्ठछ ले नेपाली प्रकाशक, वितरक वा सोल एजेण्ट वा प्रतिलिपि अधिकार उल्लेख भएका पुस्तक नेपाल बाहिरबाट मुद्रण गरी पैठारी गरेमा त्यसरी पैठारी भएको पुस्तकको छपाई मूल्य ९कागज, मुद्रणमा लागेको खर्च, भाडा र बीमा जोडी हुन आउने मूल्य० मा पन्ध्र प्रतिशत भन्सार महसुल लाग्ने तर विदेशी प्रकाशकको नाम उल्लेख भएर आएमा त्यस्तो पैठारीमा कुनै महसुल नलाग्ने व्यवस्था गरेको थियो ।

यस्तै आर्थिक ऐन, २०७६ बाट स्वदेशी वा विदेशी जुनसुकै प्रकाशकको नाम उल्लेख भएर पैठारी हुने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको थियो । सो व्यवस्थालाई आर्थिक ऐन, २०७७ ले निरन्तरता दिएको हो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij