काठमाण्डौ
राजमार्गमा चल्ने गाडीका चालक तथा सह चालकको प्राथमिक स्वास्थ्य परीक्षण गरिएको छ ।ट्राफिक प्रहरी कार्यालय मुग्लिङले इलाका प्रहरी कार्यालय मुग्लिङ र मुग्लिङ हाइवे हस्पिटलको सहकार्यमा शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका५ मा रहेको मुग्लिङ बजारमा प्राथमिक स्वास्थ्य परीक्षण गरिएकोे हो ।
मुग्लिङ बजारमा रहेको ट्राफिक प्रहरी पोष्टको प्राङ्गणमा गरिएको स्वास्थ्य जाँच कार्यक्रममा ५५ वटा साना तथा ठूला गाडीका चालक तथा सह(चालकको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय मुग्लिङका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिनुभयो ।
गाडी चालक तथा सह(चालकको स्वास्थ्य अवस्था सामान्य नहुँदा दुर्घटनाको जोखिम हुने भएकोले यस्तो किसिमको कार्यक्रम मुग्लिङमा आयोजना गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ुदुर्घटना न्यूनीकरणका लागि गाडी चालक स्वस्थ हुन पनि आवश्यक हुन्छ । विशेष गरी चालक तनावमा हुनुहुँदैन । उनीहरुको स्वास्थ्य जाँच गरेका हौँ ।ु
प्राथमिक स्वास्थ्य परीक्षण कार्यक्रममा चालक तथा सह(चालकको मानसिक अवस्था ठिक रहेको वा नरहेको, तनावमा रहेको वा नरहेको तथा उनीहरुको आँखाको दृष्टि अवस्था, ज्वरो, रक्तचाप, मधुमेहलगायत अन्य शारीरिक अवस्था ठिक भए–नभएको जाँच गरिएको प्रहरी सहायक निरीक्षक बसौलाले बताउनुभयो ।
प्रकाशित मिति : शनिबार, कार्तिक २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्