बुटवल।
रुपन्देहीमा बिहीबार थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका ३१ पुरुष र १८ महिला गरी ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार रुपन्देहीका पालिकाहरुमध्ये सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकाका १६ जना, बुटवल उपमहानगरपालिकाका १४ जना, सैनामैना नगरपालिकाका ९ जना,सिद्धार्थनगर नगरपालिकाका ४ जना,देवदह नगरपालिका, ओमसतिया गाउपालिका र कञ्चन गाउपालिकाका २÷२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ५ सय ३४ पुगेको छ ।
जिल्लामा हालसम्म ६ हजार ४ सय १८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने ९० जनाको मृत्यु भएको छ ।
हाल रुपन्देही जिल्लामा १ हजार २६ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्