बुटवल ।
रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाद्वारा बुटवलमा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको भवनमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।लकडाउनका बेला रगतको अभावमा कुनै नेपालीले आफ्नो ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रबन्धक इन्द्र विश्वकर्माले जानकारी दिए ।
कार्यक्रममा प्रमुख आतिथ्यता मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति धनपति खनाल र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर एजेन्सी मैनेजर मान बहादुर कुँवरको रहेको थियो ।
क्षेत्रीय प्रबन्धक विश्वकर्माले स्वागत मन्तव्य राख्दै रक्तदान गरि कार्यक्रमलाई सफल बनाइ दिएकोमा उपस्थित सम्पूर्ण रक्तदाता तथा व्यवस्थापन सहयोगीहरुमा आभार व्यक्त गरे । मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि खनालले छोटो अवधिमा पनि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रगति गरेको एवं यसरी सर्वसाधारणको जीवन बचाउन रक्तदान कार्यक्रम आयोजना गरेकोमा कम्पनीको सराहना गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका शाखा, उपशाखाका सबै म्यानेजर तथा शुभचिन्तकहरुको उपस्थिती रहेको उक्त रक्तदान कार्यक्रममा ४१ पोइन्ट रगत संकलन गरिएको बुटवलका शाखा प्रमुख प्रेमप्रसाद आचार्य र जीतपुर उपशाखा प्रमुख चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना २०७४ साल मंसिर १ गते भएको थियो
प्रकाशित मिति : शनिबार, मंसिर ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्