काेराेना परीक्षण गर्न अब सरकारी परिचयपत्र अनिवार्य

काेराेना परीक्षण गर्न अब सरकारी परिचयपत्र अनिवार्य

काठमाण्डौ – कोरोना भाइरस परीक्षण गर्न अब सरकारबाट जारी भएको परिचय पत्र अनिवार्य भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने सबै प्रयोगशालालाई नेपाल सरकारबाट जारी भएको परिचय पत्र अनिवार्य हेर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै नेपालमा स्वास्थ्य परीक्षण गरी नेगेटिभ रिपोर्ट लिएर हङकङ, दुबई र जापानको नारिता गएका केही व्यक्तिमा फेरि त्यहीँ परीक्षण गर्दा पोजेटिभ देखिएको भन्दै बैठकले सबै प्रयोगशालालाई आन्तरिक गुणस्तर कायम गर्न पनि निर्देशन दिएको छ ।

यसैगरी, अब हवाई तथा स्थल मार्गबाट नेपाल आउने हरेकलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा राख्न र त्यसपछि मात्र लक्षण देखिएमा पीसीआर परीक्षण गराउन कोरोना सङ्कट व्यवस्थापन केन्द्रलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij