घट्दै सक्रिय सङ्क्रमित, २४ घण्टामा १ हजार ९४८ जनामा काेराेना पुष्टि

घट्दै सक्रिय सङ्क्रमित, २४ घण्टामा १ हजार ९४८ जनामा काेराेना पुष्टि

काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १६ हजार ६ सय ३९ पुगेको छ । गएको २४ घण्टामा तीन हजार एक सय ४० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख सात हजार नौ सय ९८ पुगेको छ ।

यस्तै बुधबार एक हजार नौ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार २६ पुगेको छ ।

गएको २४ घण्टामा नौ हजार दुई सय १० जनाको पीसीआर परीक्षण भएको थियो । यस्तै बुधबार कोरोना भाइरसको सङ्क्रमणबाट २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ८९ पुगेको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij