काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक हजार तीन सय ८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
नौ हजार तीन सय ६८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ८० लाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३० हजार सात सय २३ पुगेको छ ।
सङ्क्रमण पुष्टि भएकामध्ये २ लाख ११ हजार १८६ जना निको भएका छन् । अहिले नेपालमा १८ हजार ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय १५ जना निको भएर डिस्चार्च भएका मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १९ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार चार सय ५४ पुगेको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्